Skip to content
Shikhar Insurance
National Life

२० प्रतिशत डाउन पेमेन्टमै गाडी बिक्री गर्ने हायर पर्चेजलाई राष्ट्र बैंकको लगाम, ४० प्रतिशत पुर्याउन कानुन संशोधन

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० लाई संशोधन गरेको छ । राष्ट्र बैंकले विद्युतिय गाडीमा अनिवार्य डाउनपेमेन्ट ४० प्रतिशत पुर्याउन कानुनी व्यवस्था परिमार्जन गरेको हो ।

मौद्रिक नीतिको समिक्षा मार्फत राष्ट्र बैंकले सबै प्रकारका विद्युतिय सवारीमा ६० प्रतिशत मात्रै फाइनान्स गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई सर्कुलर जारी गरेको थियो । तर हायर पर्चेज कम्पनीहरुले भने ८० प्रतिशत नै फाइनान्स गरिरहेका थिए । अब हायर पर्चेज कम्पनीलाई पनि ६० प्रतिशत मात्रै फाइनान्स उपलब्ध गराउन राष्ट्र बैंकले कानुन परिमार्जन गरेको छ ।

सो व्यवस्थाको दफाकाे १० (ग) मा परिमार्जन गर्दै ६० प्रतिशतसम्म मात्रै कर्जा उपलब्ध गराउन भनेको छ । सो दफाको (ग) मा कम्पनीले कर्जा प्रवाह गर्दा धितोको मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नु पर्नेछ । भनी उल्लेख छ ।

यो व्यवस्थालाई काट्नेगरी ‘तर सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्दा देहायबमोजिमको सवारी साधनका लागि सवारी साधनको ऋण मूल्यको अनुपात (Loan to Value Ratio) अधिकतम ६० प्रतिशतसम्म मात्र कायम गर्नुपर्नेछ ।’ भनि उल्लेख छ । जसमा (क) सबै प्रयोजनका विद्युतीय सवारी साधन र (ख) निजी प्रयोजनका व्यक्तिगत अन्य सवारी साधन ।

अब यो व्यवस्था बमोजिम हायर पर्चेज कम्पनीहरुले सबै प्रकारका विद्युतिय गाडी बिक्रीमा ६० प्रतिशत मात्रै कर्जा प्रवाह गर्न सक्नेछन् । यसअघि हायर पर्चेज हुने कम्पनीहरुले मात्रै यो सुविधाको प्रयोग गरिहरेका थिए । अब यो बाटो राष्ट्र बैंकले रोकिदिएको छ ।

यस्तो छ संशोधन

GBIME

प्रतिक्रिया दिनुहोस्