Skip to content
Shikhar Insurance
National Life

नेपाल पे टाइमको भुक्तानी सेवा प्रदायककाे लाइसेन्स नवीकरण भएन

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले नेपाल पे टाइम प्रालिलाई दिएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र नवीकरण (लाइसेन्स) नगरेको जनाएको छ ।

उक्त कम्पनीले लामो समयदेखि प्रदान गर्दै आएको सेवा बन्द रहेको, सेवा प्रवाहका लागि प्रयोग हुने वालेटको एप प्ले स्टोर र एप स्टोरमा नरहेको, संस्थाको संस्थागत सुशासनको अवस्था कमजोर रहेको, राष्ट्र बैंकबाट दिइएको निर्देशनहरुको कार्यान्वयनका लागि प्रतिवद्ता अनुसार कार्य अघि नबढाएको लगायतका कारण अनुमतिपत्र नवीकरण नगरिएको राष्ट्र बैंकले जनाएको छ ।

यी तथ्यहरुलाई दृष्टिगत गरी राष्ट्र बैंकले भुक्तानी तथा फस्र्योट ऐन, २०७५ को दफा १३९४० अनुसार उक्त अनुमतिपत्र नवीकरण नगरेको जनाएको हाे ।

नेपाल पे टाइमले जारी गरेको भुक्तानी उपकरणहरूको प्रयोग गर्ने ग्राहकहरूको संस्थासँग कुनै लेनदेन बाँकी राखेका छन् भने, यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न राष्ट्र बैंकले आह्वान गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्