Skip to content
Shikhar Insurance
National Life

नेपाल माइक्रो इन्स्यारेन्सको आइपीओ आजदेखि बिक्री खुल्ला

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल माइक्रो इन्स्यारेन्स लिमिटेडले आज (माघ ८ गते) देखि आइपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ बिक्री खुल्ला गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि बिक्री गरिने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत हिस्सा पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको छ ।

कम्पनीले आफ्नो जारी चुत्ता पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न अनुमति बोर्डबाट पाएको थियो ।

जसमा १० प्रतिशत अर्थात् २ करोड २५ लाख रुपैयाँ बराबरका २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले खरिद गर्न पाउनेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पहिलो चरणको आइपीओ खरिदका लागि माघ २२ गतेसम्म आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। प्रतिकित्ता सेयरको मूल्य १०० रुपैयाँ तोकिएको छ।

कम्पनीले केयर रेटिङ नेपालले कम्पनीको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ।

कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

 

GBIME

प्रतिक्रिया दिनुहोस्