Skip to content
Shikhar Insurance
National Life

९.४५ प्रतिशतले बढ्यो नेपाल लाइफको नाफा, जीवन बीमा कोष २ खर्ब १८ अर्ब

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले दोस्रो त्रैमासको वित्तीय विवतरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष ०८१।०८२ मा कम्पनीले ४६ करोड ८१ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेको हो ।

गत आव सो अवधिमा कम्पनीको नाफा ४२ करोड ७७ लाख ३७ हजार कमाएको थियो । कम्पनीले गत आव ०८०।०८१ को तुलनामा भन्दा ९.४५ प्रतिशत नाफा आर्जन गरेको छ ।

सो अवधिमा कम्पनीले खुद बीमाशुल्क २२ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने गत आव सो अवधिमा १९ अर्ब ७१ करोड २३ लाख आर्जन गरेको थियो ।

कम्पनीकाे  ८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ भने जीवन बीमा कोष २ खर्ब १८ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

सो अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ९ अर्ब २२ करोड पुगेको छ भने गत वर्ष कम्पनीको ७ अर्ब ४८ लाख ३८ लाख रुपैयाँ पुगेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी ११.४१ रहेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ५४ रुपैयाँ ५१ पैसा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्