काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ६५ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ८.६४ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ६० करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ३२ करोड ३१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब १८ करोड ३८ लाख रुपैयाँ र अन्य इक्विटीमा ७२ करोड ५७ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा २ खर्ब २५ अर्ब ६७ करोड ४९ लाख रुपैयाँ र खुद बीमाशुल्क ३२ अर्ब ५० करोड ७२ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, कम्पनीको इपीएस ९.६३ रुपैयाँ, पीई रेसियो ७०.०१ र प्रतिसेयर नेटवर्थ १ सय ३५ रुपैयाँ ८१ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्