Skip to content
Shikhar Insurance
National Life

नेपाल लाइफले १० स्थानमा रक्तदान कार्यक्रम गर्दै मनायो २४औँ वार्षिकोत्सव

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २४ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम मनाएको छ । यस अवसरमा कम्पनीले देशको १० स्थानबाट रक्तदान कार्यक्रम, काठमाडौंमा नि:शुल्क स्वास्थ्य शिविर तथा देशभर विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको हो ।

यस अवसरमा कम्पनीले देशको सातै वटा प्रदेशमा रक्तदान कार्यक्रम मार्फत कोशी प्रदेशको इटहरीमा ५६, मधेश प्रदेशको बिरगंजमा ३०, बागमती प्रदेशको काठमाडौँमा ८२, गण्डकी प्रदेशको पोखरामा ६१ र कावासोतीमा ३९, लुम्बिनी प्रदेशको बुटवलमा ३०, भैरहवामा ३० र नेपालगंजमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३१ र सुदरुपश्चिम प्रदेशको टीकापुरमा २८ गरी कुल ४१२ पिन्ट रगत संकलन गरेको छ । यसका साथै कम्पनीले केन्द्रीय कार्यालयमा २ दिने नि:शुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी आफ्नो चौबीसौँ वर्ष पूरा गरी पच्चीसौँ वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा मार्गनिर्देशन प्रदान गर्ने संचालक समितिका अध्यक्ष तथा संचालकहरु, शेयरधनीहरु, सम्पूर्ण ग्राहकहरु, कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरु, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरु, नियामक निकायहरुका साथसाथैे सबै सरोकारवालाहरुमा धन्यवाद तथा शुभकामना व्यक्त गरेका छन् र आगामी दिनमा सबैको माया, विश्वास र सहकार्य संस्थाले पाईरहने अपेक्षा रहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्