काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ९ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको कुल २ लाख २३ हजार २ सय ९९ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन र आफूले खरीद गर्न चाहेको सेयर संख्या र सोको रकम समेत खुलाई बैंकको सेयर शाखा काठमाडौं लाजिम्पाटमा आवेदन पेश गर्ने सक्नेछन् ।
साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले अन्य व्यक्ति वा संस्थाको लागि बिक्री प्रकृया अगाडी बढाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्