काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ ।
कम्पनीको जेठ २१ गते बसेको सञ्चालक समितिको बैठक अजुसार कम्पनीले जेठ ३० गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।
कम्पनीले जसअनुसार जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीले मात्रै कम्पनीले निष्कासन गर्न लागेको ४० प्रतिशत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।
यस कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँका दरले १०:४ को अनुपातमा ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
प्रतिक्रिया दिनुहोस्