काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल—भारतबीच राजनीतिक रुपमा पनि राम्रो सम्बन्ध रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल र भारतबीच सांस्कृतिक मात्र नभइ राजनीतिक रुपमा पनि गहिरो सम्बन्ध रहेको बताएका हुन् ।
नेपाली काँग्रेसका संस्थापक नेताहरु, विपी कोईराला, कृष्णप्रसाद भट्टराईदेखि गणेशमान सिंहले नेपालको प्रजातान्त्रिक मुभमेण्टमा पनि भारतमै गएर बस्नुपरेकाले नेपाल र भारतबीचको राजनीतिक सम्बन्ध महत्त्वपूर्ण रहेको बताए ।
उनले धार्मिक, सांस्कृतिक पक्षबाट नेपाल र भारतबीचको सम्बन्ध झनै प्रगाढ बनेको बताउँदै नेपाल र भारतमा सबैभन्दा हिन्दु धर्मावलम्वीहरु भएकाले पनि सम्बन्ध बिस्तार भएको र बुद्ध धर्मका कारण पनि नेपाल र भारतबीचको सम्बन्ध उचाईमा पुगेको उल्लेख गरे ।
उपप्रधानमन्त्री सिंहले भने, ‘हाम्रो छिमेकी मुलुक भारत खासगरी धार्मिक, सांस्कृतिक पक्षबाट मात्रै नभइकन, राजनीतिक क्षेत्रमा पनि हाम्रो सम्बन्ध रहेको कुरा तपाईं हामी सबैले बुझेकै कुरा हो । अब नेपालको र भारतको खासगरेर मेजेरिटी हिन्दु नै भएको कारणले गर्दाखेरी हिन्दुहरुको मात्रै नभइकन बुद्धिजमको पनि गौतम बुद्ध लुम्बिनीमा जन्मिए । पछि गएर प्रवचन गर्दा ज्ञान प्राप्त गरिसकेपछि उहाँ गयादेखि सारनाथमा गएर प्रवचन गर्नुभएको कारणले बुद्धिजमको पनि नेपाल र भारतको धर्मको आधारमा हेर्ने हो भने हिन्दु र बुद्धिजमको पनि त्यत्तिकै म्हत्व रहेको छ । हाम्रो विवाहवारी पनि भारत र नेपालबीच हुने गरेको छ । नेपाली काँग्रेसका संस्थापक नेताहरु, विपी कोईराला, कृष्णप्रसाद भट्टराईदेखि गणेशमान सिंहले नेपालको प्रजातान्त्रिक मुभमेण्टमा पनि भारतमै गएको ।’
उपप्रधानमन्त्री सिंहले नेपाल र भारत बीचको सम्बन्ध बिस्तारका लागि बनारसले शिक्षाको क्षेत्रमा पनि महत्त्वपूर्ण भुमिका खेलेको बताउँदै राजनीतिक रुपमा पनि नेताहरु प्रजातान्त्रिक आन्दोलन लगायतमा भारतमा बस्ने गरेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्