Shikhar Insurance
National Life

बढ्दो कार्बन उत्सर्जनका कारण नेपाललाई गम्भीर रुपमा प्रभावित बनाएकाे छ : सभामुख घिमिरे

सिंहदरबार संवाददाता
२०८१ माघ २७, आईतवार १३:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । सभामुख देवराज घिमिरेले बढ्दो कार्बन उत्सर्जनका कारण पृथ्वीको तापक्रमले नेपाललाई गम्भीर रुपमा प्रभावित बनाएको बताएका छन् । आइतबार सहारा नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालले आफैँले नगरेको अपराधको सजाय अहिले भोगिरहेको बताए । उनले विश्वका समृद्ध तथा औद्योगिक राष्ट्रहरुले अध्याधिक मात्रामा उत्सर्जन गरेको कार्बनको प्रत्यक्ष असर नेपालको प्राकृतिक सम्पदामा परेको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हिमाली क्षेत्रमा हिउँको मात्रा घट्दै जानु प्राकृतिक चक्रमा गम्भीर असर परिरहेको संकेत भएको उल्लेख गरे । उनले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतिहरुका सामना गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय साझेदारहरुको सहकार्य अपरिहार्य रहेको बताए ।

जीवनयापनको संकट भोगिरहेका समुदायलाई सहयोग पुर्‍याउने तथा वातावरणीय क्षति न्युन गर्नका लागि योजनावद्ध प्रयास गर्नु आवश्यक भएको बताए ।

सभमुख घिमिरेले क्लाइमेट पाल्र्यामेण्ट जस्ता अन्तर्राष्ट्रिय फोरमहरुमार्फत संघीय सांसदहरुले जलवायु नीति निर्माण, नविकरणीय उर्जाको प्रवर्द्धन र वातावरणीय सुधारका लागि आवश्यक पहल गरिरहेको बताए । नविकरणीय उर्जाको प्रवर्द्धन, वातावरणीय कानून निर्माण तथा हरित बजेट परियोजनाका कार्यहरु संसदमार्फत अघि बढिरहेको बताए । वृक्षारोपण गर्दा भरसक फलफूलका बिरुवाहरु रोप्न प्राथमिकता दिन आग्रह गरेका छन् ।

न्युज एजेन्सी नेपाल

GBIME

प्रतिक्रिया दिनुहोस्