काठमाडौं । नेपाल वित्तिय संस्था कर्मचारी संघको अध्यक्षमा हरिकृष्ण भट्टराई निर्वाचित भएका छन् । फागुन ६ गते भएको १३ औं केन्द्रिय अधिवेशनबाट अध्यक्षमा भट्टराई सहित १८ जना नयाँ कार्यसमिति चयन भएको हो ।
नेपाली काँग्रेस निकट संघको वरिष्ठ उपाध्यक्षमा तिलक बहादुर थिंङ, प्रथम उपाध्यक्षमा प्रविन सुवेदी, द्धितिय उपाध्यक्षमा इश्वर गिरी चयन भएका छन् । महासचिवमा सजिव बखेल आउँदा उप- महासचिवमा अमर खत्री निर्वाचित भएका छन् ।
यस्तै, आस्था सुवेदी सचिव, सुप्रिमा पौडेल कोषाध्यक्ष र समिर अधिकारी सह-कोषाध्यक्ष बनेका छन् । यस्तै, सदस्यहरुमा दामोदर सापकोटा, टिकाराम ढकाल,सविता आचार्य, मनिष श्रीवास्तव, बसन्त जिसी, विरजित रोकाय, सुमन थापा, जुना श्रेष्ठ र लक्ष्मी लामिछाने रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्