Skip to content
Shikhar Insurance
National Life

नेपाली सेनातर्फ एकजना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा, यी हुन् सरकारका निर्णयहरु

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले नेपाली सेनातर्फ एकजना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा गरेको छ । दशजना महासेनानीहरूको सरुवा गर्ने र एकजना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय भएको सरकारले बताएको छ ।

सरकारका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यसहितको राजश्व र व्ययको अनुमान संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिएको बताए ।

उनकाअनुसार सरकारले आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक, आर्थिक वर्ष २०८२/८३ को लागि नेपाल सरकारको अर्थसम्बन्धी प्रश्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, सामयिक कर असुल ऐन, २०१२ को दफा ३ बमोजिमको सूचित आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने निर्णय गरेको छ ।

त्यस्तै मूल्य अभिवृद्धि कर (सत्ताइसौँ संशोधन) नियमावली, २०८२, अन्त:शुल्क (सत्ताइसौँ संशोधन) नियमावली, २०८२, आयकर (सोह्रौँ संशोधन) नियमावली, २०८२, भन्सार (सोह्रौँ संशोधन) नियमावली, २०८२स भन्सार महसुल (पहिलो संशोधन) नियमावली, २०८२ र मदिरा (चौथो संशोधन) नियमहरू, २०८२ स्वीकृत गर्ने र सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने, नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायव महानिरीक्षक सिद्धिविक्रम शाहलाई बढुवा गर्ने, सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने, हुलाक सेवासम्बन्धी विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने, गोरखापत्र संस्थानसम्बन्धी विधेयकको तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको छ ।

सरकारले थाइल्याण्डको राजधानी बैंककमा २०८२ असार ४ गतेदेखि ६ गतेसम्म आयोजना हुने ज्ह्याण्ड इन ह्याण्ड इन्भेष्टमेण्ट डायलग फर एशिया एण्ड द प्यासिफिक विषयक कार्यक्रममा कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीलाई सहभागी हुन स्वीकृति दिएको छ । २०८२ असार २ गतेदेखि ९ गतेसम्म जर्मनीमा आयोजना हुने युनाइटेड नेशसन्स क्लाइमेट चेन्ज कन्फ्रेन्स एसबि ६२ मा सहभागी हुन वन तथा वातावरण मन्त्रालयका सचिवलाई स्वीकृति प्रदान गरेको छ ।

यी हुन् सरकारका निर्णयहरु:

नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यसहितको राजश्व र व्ययको अनुमान संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने ।

आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक, आर्थिक वर्ष २०८२/८३ को लागि नेपाल सरकारको अर्थसम्बन्धी प्रश्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, सामयिक कर असुल ऐन, २०१२ को दफा ३ बमोजिमको सूचित आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने ।

भन्सार महसुल ऐन, २०८१ को दफा १३ को उपदफा ९३० बमोजिमको सूचना जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्ग गरी प्रकाशन गर्ने विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने ।

मूल्य अभिवृद्धि कर ९सत्ताइसौँ संशोधन० नियमावली, २०८२, अन्त:शुल्क ९सत्ताइसौँ संशोधन० नियमावली, २०८२, आयकर ९सोह्रौँ संशोधन० नियमावली, २०८२, भन्सार ९सोह्रौँ संशोधन० नियमावली, २०८२स भन्सार महसुल ९पहिलो संशोधन० नियमावली, २०८२ र मदिरा ९चौथो संशोधन० नियमहरू, २०८२ स्वीकृत गर्ने र सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने।

नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायव महानिरीक्षक सिद्धिविक्रम शाहलाई बढुवा गर्ने।

सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने।

हुलाक सेवासम्बन्धी विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने ।

गोरखापत्र संस्थानसम्बन्धी विधेयकको तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने ।

राष्ट्रिय समाचार समितिसम्बन्धी विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने ।

२०८२ असार ३ गते अष्ट्रियाको भियनामा आयोजना हुने ओपेक विकास कोष फोरममा अर्थ मन्त्रालयका सचिवलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।

थाइल्याण्डको राजधानी बैंककमा २०८२ असार ४ गतेदेखि ६ गतेसम्म आयोजना हुने ज्ह्याण्ड इन ह्याण्ड इन्भेष्टमेण्ट डायलग फर एशिया एण्ड द प्यासिफिक विषयक कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री माननीय रामनाथ अधिकारीलाई सहभागी हुन स्वीकृति दिने।

नेपाली सेनातर्फ एकजना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा गर्ने, दशजना महासेनानीहरूको सरुवा गर्ने र एकजना महासेनानीको राजीनामा स्वीकृत गर्ने।

२०८२ असार २ गतेदेखि ९ गतेसम्म जर्मनीमा आयोजना हुने युनाइटेड नेशसन्स क्लाइमेट चेन्ज कन्फ्रेन्स एसबि ६२ मा सहभागी हुन वन तथा वातावरण मन्त्रालयका सचिवलाई स्वीकृति प्रदान गर्ने।

२०८२ जेठ २८ गतेदेखि ३० गतेसम्म जनवादी गणतन्त्र चीनको बेइजिङमा आयोजना हुने बेइजिङ सिबिडी मल्टीनेशनल इन्टरप्राइसेस कन्फ्रेन्स एण्ड एशियन मेयर्स फोरममा सहभागी हुन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई स्वीकृति प्रदान गर्ने ।

GBIME

प्रतिक्रिया दिनुहोस्