Shikhar Insurance
National Life

नेपाल र लाओस सम्पति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा, फिलिपिन्स बाहिर निस्कियो

खेमराज श्रेष्ठ
२०८१ फाल्गुन ९, शुक्रबार ११:११
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल सम्पति शुद्धीकरणको ग्रे लिस्टमा परेको छ । फ्रान्समा जारी फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को दोश्रो प्लेनरीले नेपाललाई आगामी दुई वर्षका लागि ‘ग्रे’ लिष्टमा चढाएको हो । नेपालसँगै लाओस पनि ग्रे लिष्टमा चढेको छ । फिलिपिन्स भने दुई वर्षपछि ‘ग्रे’ लिष्टको सूचिबाट बाहिरिन सफल भएको छ ।

एफएटिएफको दोश्रो प्लेनरीमा नेपालका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव फणिन्द्र गौतम र नेपाल राष्ट बैंकका निर्देशक तथा फाइनान्सियल इन्टेलिजेन्स युनिट(एफआईयु)का तर्फबाट हरि नेपालले प्रतिनिधित्व गर्दै फ्रान्स पुगेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एफएटिएफले नेपाल र लाओसलाई ‘ग्रे’ लिष्टमा राख्ने निर्णय गरिसकेको छ । त्यसको औपचारिक घोषणा भने एफएटिएफ प्रेसिडेन्ट एलिजा डे अन्दा मड्राजोले नेपाली समय अनुसार शुक्रबार साँझ ८:१५ बजे पत्रकार सम्मेलन मार्फत गर्नेछिन् ।

‘ग्रे’ लिष्टमा परेपछि नेपालले २ वर्षको समयवधि प्राप्त गर्नेछ । सो अवधिमा नेपालले गर्नुपर्ने कामहरुको सूची एफएटीएफले नेपाललाई दिनेछ । यो अवधिमा सन्तोषजनक काम गर्ने सकेको खण्डमा मात्रै नेपाल ग्रे लिष्टबाट हट्नेछ, अन्यथा कालो सूचिमा पर्नेछ ।

प्रधानमन्त्री कार्यालयका एक कर्मचारीका अनुसार नेपालमा बैंक तथा वित्तिय संस्थाले सबैभन्दा धेरै नियम पालना गर्नुपर्ने हुन्छ । कालोधन खुलेआम रुपमा नै बैंक तथा वित्तिय संस्थाबाट नै वैध भैरहेको एफएटिएफको दाबी छ । प्रधानमन्त्री कार्यालयको ती कर्मचारीले सिंहदरबारसँग भने, “नेपाल ग्रे लिष्टमा सुचिकृत भएपनि बाहिर निस्कने स्पेस प्रशस्त छ, एफएटीएफले दिएको कार्यसूचि अनुसार काम गर्ने हो भने २ वर्षभन्दा कम समयमै बाहिर निस्कन समय लाग्दैन।”

ती कर्मचारीका अनुसार अब अवैध ठहरिएका सम्पतिहरु सरकारले धमाधम जफत गर्नुपर्नेछ । यस्तै अवैध सम्पतिहरुको धमाधम छानविन गरी मुद्दाहरु चलाउनु पर्नेछ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केहि समय अघि नै नेपाल ग्रे लिष्टमा पर्ने संकेत गरेका थिए । यद्यपी उनले ग्रे लिष्टमा परिहाल्दा पनि सुधारको लागि धेरै स्पेश रहेको दाबी गरेका छन् ।

नेपालले २०६४ माघ १४ गते सम्पति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण ऐन २०६४ जारी गरेको थियो । ऐन जारी गरेतापनि कार्यान्वयनमा निकै कमजोर देखिएपछि नेपाल ‘ग्रे’ लिष्टमा परेको हो । माघ १४ गते ‘सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस २०८१’ मा बोल्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेल र राष्ट्र बैंकका गभर्नर अधिकारीले नेपाल ‘ग्रे’ लिष्टमा पर्ने स्पष्ट संकेत गरेका थिए । कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले फिलिपिन्समा भएको डिफेन्समा नेपालका प्रतिधिनिहरुले सफलता हात पार्न नसकेको बताएका थिए ।

नेपाल एफएटीएफ ‘ग्रे’ लिष्टमा पर्ने पक्का, फेब्रुअरीमा निर्णय हुने

गभर्नर अधिकारीको अर्थपूर्ण खुलासा: ‘नेपाल ‘ग्रे’ लिष्टमा पर्ने जोखिम छ’

एउटा सत्य हामीले सम्पत्ती शुद्धीकरणमा गर्नुपर्ने जति काम गर्न सकेनौं: अर्थमन्त्री पौडेल

‘ग्रे लिस्टमा परिहाल्यौं भनेपनि हामीसँग छिटै निस्कने स्पेस छ’ गभर्नर अधिकारी

 

GBIME

प्रतिक्रिया दिनुहोस्