काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.५४ अंकले बढेर २६८३.८६ मा पुगेको हो ।
मंगलबार २९९ कम्पनीको १ करोड ३९ लाख ६८ हजार २ सय ५८ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब २४ करोड ६२ लाख २१ हजार २६० रुपैयाँ कारोबार भएको छ ।
मंगलबार भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज उपकार लघुवित्तको ८.२९ प्रतिशत, सिटिजन्स सुपर ३० म्युच्युअल फण्डको २.९१ प्रतिशत १२३ कम्पनीको सेयर घटेको छ ।
प्रतिक्रिया दिनुहोस्