Skip to content
Shikhar Insurance
National Life

नेको इन्स्योरेन्सले १ लाख ८१ हजार कित्ता सेयर बिक्रीमा ल्याउँदै, क-कस्ले दिन पाँउछन् आवेदन ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले अवितरित सेयर लिलामिमा ल्याउने भएको छ । कम्पनीले फागुन ८ देखि चैत १४ गतेसम्म निष्कासन गरेको हकप्रदको बाँडफाँडमा नपरेको अवितरित सेयर लिलाम प्रकृयाबाट वैशाख १२ गतेदेखि बिक्री गर्ने भएको हो ।

कम्पनीको हपक्रद बाँडफाँडपछि संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३ कित्ता गरी कुल २ लाख २५ हजार २६१.३५ कित्ता सेयर बाँकी बसेको थियो अब कम्पनीले सोही सेयर बिक्री गर्न लागेको हो।

सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ भने आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ। यसमा इच्छुक सबैले आवेदन दिन सक्नेछन्।

आवेदन दिने अन्तिम मिति वैशाख २१ गते रहेको छ भने यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्