काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका जलविद्युत आयोजना कम्पनीहरुलाई आवश्यक विवरण पेश गर्न आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै विद्युत् खरिद सम्झौता (पीपीए) गर्न आवश्यक विवरण ४ दिनभित्र पेश गर्न आग्रह गरेको हो ।
यसका लागि प्राधिकरणका कार्यकारी निर्देशकको निर्देशनमा व्यवसाय विकास निर्देशनालयका उपकार्यकारी निर्देशकको संयोजकत्वमा एक कमिटी गठन गरिएको थियो । उक्त कमिटीले छिटो प्रतिवेदन पेश गर्नुपर्ने भएकाले ५० कम्पनीहरुलाई विवरणसहित ४ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो ।
उक्त सूचनामा आयोजना निकुञ्ज, आरक्ष वा संरक्षित क्षेत्रभित्र परे वा नपरेको, संक्षिप्त प्रगति विवरणसहित आयोजना तयारीको अवस्था९जेनेरेसन लाइसेन्स, वित्तीय व्यवस्था समापनको अवस्था, निर्माण स्थलको अवस्था र वातावरणीय अध्ययनको अवस्थालगायतका विवरणहरु समेत समावेश गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
उक्त निर्देशनअनुसार ग्रिड नेपाल, अपर त्रिशुली, पिपुल्स हाइड्रोपावर, गोमा गणेश, मिजु इनर्जी, सिम्बुवा रेमिट हाईड्रो, सुर्य इनर्जी, युनियन हाइड्रोपावर लगायत ५० जलविद्युत कम्पनीलाई पत्राचार गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्