Shikhar Insurance
National Life

भूकम्प पछिको पुन: निर्माणका लागि प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना हुने

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १५, बिहीबार १३:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । पश्चिम नेपालमा भूकम्पबाट भएको क्षतिको मूल्यांकन र पुन:निर्माणका लागि सरकारले जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गरेर काम अघि बढाउने भएको छ ।

बिहिबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण निर्देशक समितिको बैठकबाट उक्त निर्णय गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले जाजरकोटमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरुमा भएको क्षतिको क्षति आँकलन गर्ने काम द्रुत गतिमा अगाडि बढेको दाबी गरे ।

उनले डोटी र बझाङमा केन्द्रबिन्दु भएर गएको भूकम्पको डिडिए भइसकाको पुन:निर्माण अघि बढाउने र हुन बाँकीको डिडिए गर्न जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गर्ने बताए ।

सम्पर्क समन्वय कार्यालय यसै महिनाभित्र स्थापना गर्ने पनि बताए ।

उनले भने, ‘जाजरकोटमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरुमा भएको क्षतिको क्षति आँकलन गर्ने काम द्रुत गतिमा अगाडि बढेको छ । त्यसपछि हामी पुन: निर्माण र पुन: स्थापनाको काम अगाडि बढाउँछौँ । यसरी नै डोटी र बझाङमा केन्द्रबिन्दु भएर गएको भूकम्पको पनि जतिको डिडिए भइसकेको छ त्यसको पुन:निर्माण अगाडि बढ्छ । डिडिए हुन नसकेको पनि डिडिए हुन्छ । यो कामका लाग जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गर्ने गरेर हामी यो महिनाभित्र नै कार्यालय स्थापना गर्छौं । अब यो पुन:निर्माण र पुन: स्थापनाको काम द्रुत गतिले अघि बढ्छ ।’

उनले भूकम्पपछिको पुन: निर्माण र पुन: स्थापनाको का द्रुत गतिमा अघि बढ्ने उल्लेख गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्