Skip to content
Shikhar Insurance
National Life

प्राधिकरणले प्रदेश स्तरीय निबन्ध प्रतियोगिताको विजेतालाई दियाे पुरस्कार

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रदेश स्तरीय निबन्ध प्रतियोगिताको विजेतालाई पुरस्कार रकम हस्तान्तरण गरेको छ ।

प्रधिकरणले बीमा शिक्षा र साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा विजेता भएका प्रत्येक प्रदेशका ७ जना विजेतालाई २० हजारका दरले नगद पुरस्कार वितरण गरेको हो ।

५७औं बार्षिकोत्सवको अवसरमा प्राधिकरणका ६ वटा प्रदेश कार्यालयले सम्बन्धित प्रदेशका विजेता विद्यार्थीलाई पुरस्कार रकम सहित प्रमाणपत्र प्रदान गरेका हुन । साथै बागमती प्रदेशका विजतालाई भने केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष शरद ओझाले पुरस्कार रकम तथा प्रमाणपत्र प्रदान गरे ।

कोशी प्रदेशबाट महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर, मोरङमा अध्ययनरत विद्यार्थी धनराज शाह, मधेश प्रदेशबाट नेशनल एकेडेमी क्याम्पस, विरगञ्ज, पर्सामा अध्ययनरत कविता कुमारी यादव, वागमती प्रदेशबाट ख्यपा कलेज अफ ल भक्तपुरमा अध्ययनरत दिल बहादुर भण्डारी, गण्डकी प्रदेशबाट पोखरा विश्वविद्यालय, स्कुल अफ विजनेस, पोखरा, कास्कीमा अध्ययनरत कुसुम क्षेत्री, लुम्बिनी प्रदेशबाट बुटवल कालिका क्याम्पस, रुपन्देहीमा अध्ययनरत निरा अधिकारी, कर्णाली प्रदेशबाट मध्यपश्चिम विश्वविद्यालय, शिक्षाशास्त्र संकाय, सुर्खेतमा अध्ययनरत तारा कुमारी मल्ल तथा सुदुरपश्चिम प्रदेशबाट कैलाली बहमखी क्याम्पस, धनगढी, कैलालीमा अध्ययनरत विद्यार्थी दिव्या पन्त विजेता भएका थिए ।

गरीबी न्युनिकरण तथा देशको आर्थिक विकासमा बीमाको महत्त्व शिर्षकमा आयोजना गरिएको निबन्ध प्रतियोगितामा देशभरबाट ८९ वटा निबन्ध संकलन भएका थिए ।

स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु बाट संकलन भएका निबन्धमध्येबाट विषयवस्तु, सान्दर्भिकता, मौलिकता, भाषागत शुद्धता आदिलाई आधार मानी उत्कृष्ट ७ वटा निबन्ध लाई विजेता घोषणा गरिएको थियो ।

यस्ता प्रतियोगिताले जोखिम व्यवस्थापनको महत्त्वपुर्ण औजारको रुपमा रहेको बीमा प्रति विद्यार्थीलाई जागरुक बनाउन तथा बीमा शिक्षा तथा साक्षरता प्रवर्द्धन गर्न सघाउ पुर्‍याउने प्राधिकरणले विश्वास लिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्