Skip to content
Shikhar Insurance
National Life

एनसेल एनएसएल सिजन ३ सुरु, आजको खेल लुम्बिनी एफसी र झापा एफसीबीच हुँदै

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल खेल ‘एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३’ भव्य उद्घाटन समारोहका साथ शनिबारबाट सुरु भएको छ । पहिलो दिनको ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स एफसीबीचको खेल बराबरीमा टुङ्गिएको छ ।

खेल शुरु हुनु भन्दा पहिला हाल एकमदै चर्चामा रहेका गायक थापाले आफ्नो सांगितीक प्रस्तुती राख्दै दशरथ रंगशालामा उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । आजको खेलमा ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स एफसी दुवैले २–२ गोल गरेका थिए । यो खेलको ‘एनसेल भ्यालुयबल प्लेयर अफ द म्याच’ काठमाडौं रेजर्स एफसीका भिनसेन्ट कोजिएलो भएका छन् ।

यो सिजन भरी खेलिने प्रत्येक खेलमा ‘एनसेल भ्यालुयबल प्लेयर अफ द म्याच’ पाउने खेलाडीलाई एनसेलले ३० हजार नगद पुरस्कार र ५ हजार हजारको रिचार्ज भौचर प्रदान पनि गर्दछ । भोलि आइतबारको खेल साँझ ६ बजे बुटबल लुम्बिनी एफसी र झापा एफसीबीच हुने तालिका रहेको छ ।

एनसेल प्रमुख प्रायोजक रहेको यो सिजनमा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी सहित सात टिमहरू उपाधी जित्नको लागि कडा प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगिता फुटबल प्रेमीहरूका लागि उत्साहजनक र रोमाञ्चक क्षण हुनेछ ।

हालै मात्र एनसेलले ललितपुर सिटी एफसीसँग सहकार्य गर्दै ‘पावर्ड बाई’ प्रायोजकको रुपमा सम्झौता पनि गरेको थियो । खेलकुद तथा युवा प्रतिभाको विकासमा एनसेल सधैं प्रतिवद्ध रहँदै आएको छ । एनसेल एनएसएलले नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्नुका साथै यो खेलको विकासमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास लिईएको छ ।

ँहाम्रा सहकार्यहरुले खेलकुद क्षेत्रप्रति एनसेलको गहिरो सम्मान र आकर्षणलाई प्रतिबिम्बित गर्दछ । आफ्नो थिम ‘हामी तपाईंकै लागि’मा आधारित रही हामी यस सिजनमार्फत नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्न चाहन्छौं र देशलाई गर्व गराउने अवसरहरुको सिर्जना गर्न चाहन्छौं । सबैको प्रिय खेल भएकोले यसको विकासका लागि सहकार्य गर्न पाएकोमा धेरै खुसी छौं । यो सिजनमा अझै उत्साह थप्न र रोमाञ्चक बनाउन हामी केही दिनमा नै ग्राहकका लागि विषेश अफर पनि ल्याउने तयारीमा रहेका छौं,” एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने ।

यो सहकार्य अन्तर्गत एनसेलले नेपालमा फुटबलको प्रवर्द्धन गर्दै नेपाली फुटबलप्रेमीहरूको मनपर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्नेछ । साथै, यसले नेपालका उदयीमान खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ ।

यो सिजन अवधिभर कुल ३४ खेलहरु खेलिने छन् र वैशाख १३ मा फाइनल खेलसहित यो सिजनको समापन हुनेछ । एनएसएलसँगको एनसेलको सहकार्य नेपाली खेल प्रतिभाको प्रवर्द्धन मात्र नभई खेललाई मन पराउने दर्शक र फ्यानहरूलाई पनि लक्षित छ जसको कारण यस्ता प्रतियोगिताहरू सफल हुने गर्दछन् ।

एक जिम्मेवार कर्पोरेट संस्थाका रूपमा एनसेलले खेलकुद विकास र प्रतिभा निखार्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ र आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रहि एनसेल फाउन्डेसनमार्फ पारा खेलाडीहरूको सिप विकास र प्रशिक्षणका लागि सहयोग गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्