Skip to content
Shikhar Insurance
National Life

संबिधान संसोधन गर्न नसके काँग्रेस–एमाले गठबन्धनको अर्थ रहन्न: डा. महत

Hyundai
NCELL
NIMB

म्याग्दी । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सरकारले संविधान संशोधन प्रक्रिया अघि बढाउन ढिलाइ गर्न नहुने बताएका छन् । नेपाली कांग्रेस म्याग्दीले बेनीमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रवक्ता महतले सहमतिअनुसार संविधान संशोधनको प्रक्रिया तत्काल थालनी हुनुपर्नेमा जोड दिएका हुन् । एक वर्षअघि नेपाली कांग्रेसको समर्थनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्दा दुई दलबीच भएको सात बुँदे सहमतिअनुसार संविधान संशोधनको काम अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

ँसहमति बमोजिम काम नहुँदा कांग्रेस र एमाले सत्ताका लागि एक ठाउँमा आए भन्ने सन्देश जनतामा गएको छ,” उनले भने ँकांग्रेस र एमालेको सरकार गठन गर्नुको औचित्य पुष्टि गर्नका लागि पनि सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाउन ढिलाइ गर्नुहुदैन् ।” सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा केही सुधार गर्ने कोसिस भए पनि अझै ठोस् र स्पष्ट रूपमा आउन नसकेको प्रवक्ता डा महतको भनाइ थियो ।

पार्टीको नीति र सिद्धान्त उत्कृष्ट भए पनि व्यक्तिवादी चरित्र हाबी हुँदा केन्द्रदेखि टोलसम्म सङ्गठन कमजोर बनेको उनले बताए । क्रियाशील सदस्यतालगायतका काम बाँकी रहेकाले कांग्रेसको महाधिवेशन आउने मङ्सिरमा सम्भव नहुने नेता डा महतले बताए । कर्मचारीलाई मुद्दा लाग्दैमा भिजिट भिसा मुद्दामा गृहमन्त्री रमेश लेखकले राजीनामा दिन आवश्यक नरहेको उनले बताए ।रासस

GBIME

प्रतिक्रिया दिनुहोस्