Skip to content
Shikhar Insurance
National Life

युरोपमा रसियाले सुरक्षा चिन्ता बढाएपछि नाटो सदस्य राष्ट्रहरूले बढाए रक्षा खर्च

Hyundai
NCELL
NIMB

काठमाडौं । नाटोले सन् २०२४ मा ३२ सदस्य राष्ट्रमध्ये २२ राष्ट्रले आफ्नो कुल आम्दानी ( जिडीपी) को कम्तीमा दुई प्रतिशत रक्षा क्षेत्रमा खर्च गरेका जनाएको छ ।

सन् २०२२ मा रुसले युक्रेनमाथि हमला गरेपछि धेरै युरोपेली देशहरूले आफ्नो सेना र सुरक्षा खर्च बढाएका हुन्। नाटोले सबै सदस्य देशहरूलाई कम्तीमा दुई प्रतिशत खर्च गर्न सल्लाह दिँदै आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब त्यो खर्च ५ प्रतिशत पुर्‍याउन आग्रह गरेका छन्।

उनले यदि सदस्य देशहरूले आफ्नो सुरक्षा खर्च गरेनन् भने अमेरिकाबाट सहायता पाउन कठिन हुन सक्ने बताए। नाटोले पहिले २३ देशले यो लक्ष्य पुरा गर्ने अनुमान गरेको थियो, तर अन्तिममा २२ देशले मात्र पुरा गरेका छन्। युरोपेली देशहरू र क्यानडाले सन् २०२४ मा संयुक्त रूपमा १९ प्रतिशतभन्दा बढी रकम रक्षा क्षेत्रमा खर्च गरेका छन्।

केही देशहरूले चाँडै २ प्रतिशतको लक्ष्य पुरा गर्ने बताएका छन्। स्पेनले यसै साता १० अर्ब युरोभन्दा बढी लगानी गरी यो वर्षभित्रै लक्ष्य पुरा गर्ने घोषणा गरेको छ। अमेरिका भने नाटोभित्र सबैभन्दा धेरै खर्च गर्ने देश हो। उसले सन् २०२४ मा नाटोको कुल खर्चको ६४ प्रतिशतभन्दा बढी व्यहोरेको थियो।

 

GBIME

प्रतिक्रिया दिनुहोस्