Skip to content
Shikhar Insurance
National Life

५ प्रतिशतले बढ्यो नेशनल लाइफको खुद नाफा, यस्ता छन् अन्य सूचक

Hyundai
NCELL
NIMB

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले तेस्रो त्रैमाससम्ममा ४० करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ३८ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आवको तुलनामा कम्पनीको नाफा ५‍‍‍‍.२० प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा कम्पनीको महाविपत्ति कोषमा ६१ करोड ६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८५ करोड ५१ लाख रुपैयाँ र अन्य इक्विटीमा ४० करोड ७० लाख रुपैयाँ रहेको छ।

त्यस्तै, कम्पनीको कुल बीमाशुल्क १४ अर्ब २६ करोड ९५ लाख रुपैयाँ रहेको छ । सेयरपुँजी ५ अर्ब २१ करोड २१ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १०.४९ रुपैयाँ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्