Skip to content
Shikhar Insurance
National Life

नेशनल लाईफले ल्यायो ‘बाल अमृत-४ सावधिक’ बीमालेख

Hyundai
NCELL
NIMB

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले बहुचर्चित बाल अमृत बीमालेख अन्तर्गत बाल अमृत–४ सावधिक बीमालेख प्रस्तुत गरेको छ ।

प्रमुख कार्यकारी अधिकृतले यस बीमालेखको समुद्घाटन गर्दै विगतमा पनि अभिकर्ता तथा बीमित वर्गहरुले अत्यन्तै रुचाएको बाल अमृत बीमालेखलाई अझ बढि परिष्किृत गरी बाल अमृत सावधिक बीमालेख–४ योजना प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुशी लागेको र बाल बच्चाको सुमधुर भविष्यसंग सम्वन्धित यो योजना कम्पनीकै एक अब्बल योजना रहेको बताए ।

यस बीमालेख योजनाका विशेषताहरुका सम्वन्धमा बजार विभाग प्रमुख विवेक शर्माज्युले प्रष्ट्याउनु हुँदै यस बीमालेखमा बीमितको प्रवेश उमेर न्यूनतम १ महिना (३०) दिन र अधिकतम १५ बर्ष, प्रस्तावकको उमेर न्यूनतम २० बर्ष र अधिकतम ५० बर्ष सम्म रहने प्रावधान रहेको छ ।

यस बीमालेखमा प्रस्तावकको रुपमा बुवा, आमा वा कानुनी संरक्षक हुनुपर्ने कम्पनीले जनाएको छ । बीमांक रकम न्यूनतम १ लाख र अधिकतम आयश्रोतको आधारमा ५० लाख सम्म लिन सकिने यस बीमालेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गरेको हुन्छ र बीमाशुल्क मासिक, त्रैमासिक अर्धबार्षिक र बार्षिकरुपमा बुझाउन सकिने व्यवस्था गरेको छ ।

यसैगरी, यस बीमालेख योजनामा अधिकतम बीमा समाप्ती उमेर ७० बर्ष रहेको छ साथै चुक्ता मूल्य, ऋण, समर्पण मूल्य र आयकर छुट लगाएतका अन्य सुविधहरु पनि यस बीमालेखमा रहेको कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्