Skip to content
Shikhar Insurance
National Life

१५ वर्षपछि राष्ट्रिय बाह्य मिचाहा प्रजाति रणनीति स्वीकृत

Hyundai
NCELL
NIMB

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आज राष्ट्रिय बाह्य मिचाहा प्रजाति व्यवस्थापन रणनीति तथा कार्यान्वयन योजना स्वीकृत गरेका छन् । वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले तयार गरी विगत १५ वर्षदेखि स्वीकृत प्रक्रियामा रहेको र स्वीकृत हुन नसकेको राष्ट्रिय मिचाहा प्रजातिको रणनीति तथा कार्यान्वयन २०८१ योजना आज मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भएको हो ।

अर्थ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र अन्य सरोकारवाला निकायको राय सुझाव समावेश गरी तयार गरिएको रणनीति योजना करिब १५ वर्षपछि स्वीकृत भएको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा राजेन्द्र केसीले जानकारी गराए । जटिल समस्याका रुपमा रहेको मिचाहा प्रजातिलाई यस रणनीतिले नियन्त्रण गर्न र फैलावट हुन नदिने महानिर्देशक केसीले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्