Skip to content
Shikhar Insurance
National Life

भन्सार विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय सभाको बैठकबाट भन्सार विधेयक, २०८० सर्वसम्मतिले पारित भएको छ । सभाको बुधबारको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो ।

विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्ण्नुप्रसाद पौडेलले भन्सार चुहावट नियन्त्रण गर्ने तथा भन्सार व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले विधेयक ल्याइएको बताए ।
उनले भन्सार सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले विधेयकले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

विधेयकले कानूको रुप लिएर कार्यान्वयन गइसकेपछि अनुभवका आधारमा आवश्यक परिमार्जन गरिने अर्थमन्त्री पौडेलको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE