काठमाडौं । नमस्ते पे ले प्रयोगकर्ताहरुलाई अझ बढी सहजता र सहुलियत प्रदान गर्ने उद्देश्यले विभिन्न सेवाहरुमा आकर्षक क्यासब्याक अफरहरू सुरू गरेको छ । यो अफर २८ फागुन २०८१ देखि ३१ वैशाख २०८२ सम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस अफर अन्तर्गत, प्रयोगकर्ताहरुले नेपाल टेलिकम (NT), Ncell, रिचार्ज र ल्यान्डलाइन बिल भुक्तानीमा २५ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसबाहेक, उड़ान टिकट खरिद गर्दा यात्रुहरुले प्रत्येक टिकटमा रु १५० क्यासब्याक प्राप्त गर्न सक्नेछन् भने नेपाल विद्युत प्राधिकरण (NEA) बिल भुक्तानीमा कुनै सेवा शुल्क लाग्ने छैन ।
त्यसैगरी, पहिलो पटक कारोबार गर्ने प्रयोगकर्ताहरुलाई थप प्रोत्साहन गर्न, नमस्ते पे ले विशेष क्यासब्याक अफरहरू ल्याएको छ । पहिलो पटक उडान टिकट बुक गर्ने प्रयोगकर्ताहरुले रु ३०० को क्यासब्याक प्राप्त गर्नेछन् भने पहिलो पटक रिचार्ज गर्ने वा बिल भुक्तानी गर्ने प्रयोगकर्ताहरूले ५५ रु ५० सम्मको क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यसका साथै, नमस्ते पे ले फ्ल्यास अफर सुरु गरेको छ, जस अन्तर्गत प्रयोगकर्ताहरुले प्रत्येक टप-अप र इन्टरनेट बिल भुक्तानीमा मा १०५ रु ५० सम्मको क्यासब्याक साथै NEA बिल भुक्तानीमा ५ प्रतिशत ५० सम्मको क्यासब्याक पाउन सक्नेछन् ।
क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्नुपर्दैन । जसको अर्थ प्रयोगकर्ताहरूले नमस्ते पे मार्फत जति धेरै लेनदेन गर्नेछन्, उति नै धेरै क्यासब्याक पाउनेछन् । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
जस अनुरुप *500# डायल गरेर नमस्ते प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन्। रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन् । नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले USSD (अफलाइन) सेवाहरु प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्