काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) औपचारिक रुपमै घोषणा भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नाइमाको घोषणा भएको हो ।
कार्यक्रममा नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले नाइमाले अटो मोबिलिटी सशक्तीकरणको वकालत गर्ने बताइन् । उनले भनिन्, नाइमाले वातावरणमैत्री अभ्यास, उपभोक्ता शिक्षाको प्रवर्द्धन, सडक सुरक्षा तथा पूर्वाधार सुधारको आवश्यकतालाई सम्बोधन गर्दै अगाडि बढ्नेछ । हामी सरकारसँग मिलेर यी उद्देश्य पूरा गर्न काममा लागि पर्ने छौं ।
नाइमाले मोबिलिटीमार्फत विकास सशक्त बनाउने लक्ष्य राखेको र दिगो तथा उद्योग र सरोकारवालाहरूको सशक्तीकरण, विकास तथा समृद्धिमा केन्द्रित रहनेछ उल्लेख उनले उल्लेख गरिन् । साथै, नाइमाले काठमाडौंको भृकुटीमण्डपमा साउन २१ गतेदेखि २५ गतेसम्म नेपाल मोबिलिटी एक्स्पो हुने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्