kathmandu . Nepal Automobile Importers and Manufacturers Association (NAIMA) ले Nepal Mobility Expo 2025 को लागि पहिलो संस्करणको स्टल बाँडफाँड कार्यक्रम संस्थाको कमलपोखरीस्थित कार्यालयमा सम्पन्न गरेको छ ।
उक्त प्रदर्शनी २०८२ साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । उक्त कार्यक्रममा चार पांग्रे, दुई पांग्रे, र व्यावसायिक सवारी साधन क्षेत्रका गरी ५० ब्रान्डहरूको उत्साहजनक सहभागिता रहेको थियो। कुल ४८ स्टलमध्ये २१ वटा चार पांग्रे सवारी ब्रान्डलाई, १८ वटा दुई पांग्रे ब्रान्डलाई, र ९ वटा स्टल व्यावसायिक सवारी साधन ब्रान्डलाई प्रदान गरिएको हो ।
‘नेपालको अटोमोबाइल उद्योगका प्रमुख ब्रान्डहरूबाट प्राप्त सकारात्मक र उत्साहजनक सहभागिताले हामी अत्यन्त हर्षित र उत्साहित छौं। सबै स्टल बुक भइसकेका छन् र अब हामी प्रदर्शनीको कार्यान्वयनमा ध्यान केन्द्रित गर्दैछौं’ अध्यक्ष रितु सिंह वैद्यले भनिन् ।
NAIMA ले नेपालका मोबिलिटी क्षेत्रको साझा आवाजको प्रतिनिधित्व गर्ने, रणनीतिक सहकार्य गर्ने, विकासमा योगदान पुऱ्याउने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नीति निर्माताहरूसँग प्रभावकारी पैरवी गर्ने साझा थलोको रूपमा काम गर्दछ ।
NAIMA Nepal Mobility Expo 2025 ले परम्परागत प्रदर्शनीको ढाँचाहरुमा नविनता थप्नेछ यो प्रदर्शनले बजारमा धेरै उपभोक्ता र अटोमोबाईल व्यवसायीहरूलाई आफ्नो सवारी साधनलाई नयाँ र आकर्षक ढङ्गले प्रस्तुत गर्ने अवसर पाउने छन् । प्रदर्शनीको समग्र व्यवस्थापन मिडिया स्पेस सोलुसन प्रा.लि. ले गर्नेछ।
NAIMA Nepal Mobility Expo 2025 मा देहायका ब्राण्डहरुले सहभागिता सुनिश्चित गरेका छन् ।
‘सहभागी चार पांग्रे सवारी ब्रान्डहरू BYD, Citroen, Forthing, Great Wall Motors, Henrey Volts, Hyundai, Kaiyi, KIA, Leapmotor, LEV 1, Mahindra, Maxus, Mazda, MG, Mitsubishi,
Nissan, Omoda & Jaecoo, Peugeot, Proton, Renault, Toyota, Volkswagen, Zeekr सहभागी दुई पांग्रे सवारी ब्रान्डहरू: Ampere, Ather, Bajaj, Benelli, CFMoto, Gogoro Honda, KTM, Mahindra, NIU, Revolt, Royal Enfield, Segway – Ninebot, Suzuki, Triumph, TVS, Ultraviolette, Yadea, Zeeho सहभागी व्यावसायिक सवारी साधन ब्रान्डहरू Chery Wanda, Dongfeng Farizon, Huazi,
Kama, Karry, Kinglong, Sunlong सबै सहभागी ब्रान्डहरुलाई NAIMA को तर्फबाट धन्यवाद दिन चाहन्छौं । साथै Expo भ्रमणको लागी यहाँहरु सबैलाई हार्दिक निमन्त्रणा समेत गर्दछौं’ कम्पनीले भन्यो ।
प्रतिक्रिया दिनुहोस्