Shikhar Insurance
National Life

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाप्रति नाडाको असन्तुष्टि

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १५, बिहीबार १३:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाप्रति असन्तुष्टि जनाएको छ । नाडाले एक विज्ञप्ती जारी गर्दै विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात (एलटीभी) ८० प्रतिशत कायम गर्न आग्रह समेत गरेको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा व्यक्तिगत तथा सबै प्रकारका विद्युतीय सवारी साधनमा एलटीभी ६० प्रतिशत सीमित गर्ने निर्णय गरेको छ । नाडाले यो व्यवस्थाले विद्युतीय सवारी साधनको व्यवसायलाई मर्का पार्ने र व्यवसायीलाई निरुत्साहित बनाउने देखिएको जनाएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन यएशोसिएशनले पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरूको ऋण मूल्य अनुपातको सीमालाई ५० प्रतिशतबाट ७५ प्रतिशत पुर्‍याउनका लागि नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्दै आएकोमा राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनहरूको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गर्दा पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरूको सन्दर्भमा सराहनीय भएता पनि विद्युतीय सवारी साधनहरूको सम्बन्धमा ठुलो मर्का पर्ने अवस्था सिर्जना भएको छ नाडाले बताएको छ ।

नाडाले विज्ञप्तीमा भनेको छ, ‘सरकारले नीतिगत रुपमै ग्रिन इनर्जीलाई उच्च प्राथमिकता दिने निर्णय गरी सोही अनुरुप सरकारले विगतको समयदेखि नै विद्युतिय सवारी साधनहरुलाई विशेष सुविधा समेत प्रदान गर्दे आएकोमा बर्तमान मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले सरकारको सो नीतिलाई नै उपेक्षा गरेको देखिन्छ । नेपाल राष्ट्र बैंकको यस नीतिबाट विद्युतिय सवारी साधनहरुको प्रयोगमा निश्चित रुपमा कमी आउने अवस्था आएको छ ।’

नाडाले सरकारको आफ्नो घोषित नीतिको पालना र विद्युतिय सवारी साधनहरुको हकमा व्यवसायीहरुको लगानीलाई सुरक्षित बनाउनका लागि यस अघि कै नीति अर्थात ऋण मूल्य अनुपातको सीमालाई ८० प्रतिशत नै कायम राख्न आग्रह गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्