काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.२१ प्रतिशत बढी हो ।
गत आवको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.९६ प्रतिशत घटेर १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १५ अर्ब २९ करोड ८२ लाख रुपैयाँ, सञ्चालन मुनाफा ७ अर्ब ६२ करोड २३ लाख रुपैयाँ, वितरणयोग्य नाफा २ अर्ब ८७ करोड ४१ लख रुपैयाँ रहेको छ । २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३४ अर्ब १८ करोड ९६ लाख रुपैयाँ रहेको छ ।
बैंकले तेस्रो त्रैमासको अन्त्यसम्ममा ५ खर्ब २ अर्ब १० करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १ अर्ब १६ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । त्यसैगरी, बैंकको पीई रेसियो १९.५६, प्रतिसेयर नेटवर्थ २२६.३६ रुपैयाँ, एनपीएल १.५९ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्