काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नीति तथा कार्यक्रम विगतको कपि पेस्ट भएको र गर्न नसकिने कामहरू मात्रै समावेश गरेको भन्दै सरकारको आलोचना गरेका छन् । बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
उनले नयाँ दलहरूमाथि राजनीतिक प्रतिशोध साँधिन्छ, रवि लामिछाने, रेशम चौधरी लगायतलाई अवैधानिक तरिकाले नियन्त्रण गरिन्छ भनेर लेखेको भए हुन्थ्यो भन्दै सरकारको व्यङ्ग्य गरे ।
उनले राष्ट्रलाई व्यापक दलीय करण गर्ने, संवैधानिक निकायहरू कब्जा गर्ने, राष्ट्र बैङ्क कांग्रेसको भागमा र धितोपत्र एमालेलाई दिइएको खुल्लमखुल्ला बहस गराइएको भन्दै ती विषयलाई पनि नीति तथा कार्यक्रममा समेट्न सरकारलाई व्यङ्ग्यात्मक शैलीले टिप्पणी गरे ।
उनले भने, ‘यहाँ गजब हुँदो रहेछ, गर्न नसकिने र नगरेका काम लेख्ने, अनि गरेको काम नलेख्ने पो रहिछ । यहाँ लेख्या भए हुन्थ्यो त, नयाँ दलहरूमाथि राजनीतिक प्रतिशोध साँधिन्छ, रवि लामिछाने, रेशम चौधरी लगायतलाई अवैधानिक तरिकाले नियन्त्रण गरिन्छ भनेर लेखेको भए हुन्थ्यो । राष्ट्रलाई व्यापक दलीय करण गरिन्छ, संवैधानिक निकायहरू कब्जा गरिन्छ लेखेको भए हुन्थ्यो ।’
‘अझ, राष्ट्र बैङ्क त काँग्रेसको भागमा भन्दै खुल्लमखुल्ला बहस गरिन्छ । धितोपत्रको अध्यक्ष एमालेले लयो रे, त्यो पनि लेखेको भए हुन्थ्यो । दलीय करणलाई निरन्तरता दिइन्छ भनेर लेखेको भए हुन्थ्यो नि त । अझै, दलीय करणलाई भुईँसम्म पुर्याइन्छ भनेर लेखेको भए हुन्थ्यो । सदनको सिर्जनालाई मारिनेछ, आरोप र प्रत्यारोपको बहस गराइनेछ, यतिसम्म कि रक्सी मैले चोरेको होइन भनेर बहस गराइन्छ भनेर लेखेको भए हुन्थ्यो । निराश बनाइको छ सदनलाई’ उनले भने ।
उनले नीति तथा कार्यक्रम यथास्थितिलाई निरन्तरता प्रदान गर्ने दस्ताबेज रहेको टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस्