Shikhar Insurance
National Life

विश्व शान्ति र स्थायित्वका लागि साढे १ लाख बढी नेपाली सेनाको योगदान

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ११, आईतवार १६:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली सेनाले विश्व शान्ति र स्थायित्वका लागि संयुक्त राष्ट्रसंघमार्फत एक लाख ५४ हजार तीन सय चालिस नेपाली सैनिकले योगदान गरेको बताएको छ । नेपाली सेनाले हालसम्म गरेका कार्यहरुका बारेमा जानकारी दिन आईतवार मुख्यालयमा आयोजित कार्यक्रममा यो जानकारी दिएको हो ।

नेपाली सेनाका युद्धकार्य निर्देशक सहायक रथी रविन्द्र खत्रीले शान्ति स्थापनाका लागि खटिएका ७३ नेपाली सैनिकले वीरगति प्राप्त गरेको बताए । उनले शान्ति कार्यमा खटिएका ६९ सैनिक घाइते भइ आजीवन असहज जीवनयापन गरिरहको समेत जानकारी दिए । संयुक्त राष्ट्रसंघमार्फत शान्ति सेनामा सैनिक खटाउने राष्ट्रमा नेपालको स्थान अग्रणी रहेको उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाली सेनाले १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्षण, एउटा शिकार आरक्षण र चुरे क्षेत्रको सुरक्षा र संरक्षणका लागि नौ हजार सेना खटिएको बताएको छ । नेपाली सेनाले मित्रराष्ट्रहरुका सेनासँग सैनिक तालिमहरु तथा सैनिक उच्च अधिकारीहरुको भ्रमण र समन्वयात्मक बैठक गरी सैनिक कुटनीतिक गतिविधिबाट मित्रराष्ट्रहरुसँगको सम्बन्ध प्रगाढ बनाएको जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्