Skip to content
Shikhar Insurance
National Life

विकाश हाइड्रोपावरको आईपीओमा १४ लाख ७८ हजार बढीले दिए आवेदन

Hyundai
NCELL
NIMB

काठमाडौं । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा १४ लाख ७८ हजार ८३९ जनाले आवेदन दिएका छन् ।

कम्पनीले असार १८ गतेदेखि निष्कासन गरेको उक्त आईपीओमा हालसम्म (असार २० गते) सम्ममा १ करोड ८२ लाख २४ हजार ३२० कित्ताका लागि १४ लाख ७८ हजार ८ सय ३९ जनाले आवेदन दिएका हुन् । कम्पनीले कुल २९ लाख ४२ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

रहेको यस आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको थियो । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सी(आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्छन् । लगानीकर्ताले असार २२ गतेसम्म आवेदन पाउने कम्पनीले जनाएको छ ।

विकाश हाइड्रोपावर कम्पनीले प्रवर्द्धन गरेको माथिल्लो माछाखोला साना जलविद्युत आयोजना हाल ४.५५ मेगावाट क्षमतासहित २०७९ साल फागुन १७ गतेदेखि व्यवसायिक उत्पादनमा आएको छ । उत्पादन भएको विद्युत् हाल राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको र बिक्री भइरहेको कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE