काठमाडौं । आन्तरिक राजस्वतर्फ झन्डै १ लाखभन्दा बढी करदाताहरु ननफाइलर बनेका छन् । समयमै कर विवरण नबुझउने करदाताहरुको संख्या बढ्दै गएको हो ।
राज्यलाई स्रोतको दबाब बढेसँगै आन्तरिक राजस्व विभागले कर विवरण नबुझाउने करदाताहरुको नाम सार्वजनिक गरेको छ । विभागले १ लाख २ हजार २३२ कम्पनीहरुले कर दाखिला नगरेको भन्दै सूचि सार्वजनिक गरेको छ । विभागले सार्वजनिक गरेको सूचिमा सानादेखि ठूला करदातासम्म रहेका छन् । सूचना जारी गर्दै विभागले यथासिघ्र कर विवरण बुझाउन भनेको छ ।
यसरी ननफाइलर हुनेहरुमा आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तशुल्क विवरण नबुझाउनेहरु रहेका छन् । भ्याट विवरण नबुझाउने करदातालाई भने विभागले तत्काल कारबाही प्रकृया अघि बढाउने बताएको छ ।
मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा (८) मा लगातार ६ महिनासम्म कर विवरण पेश नगर्ने करदाताको नाम सार्वजनिक गरी त्यस्तो करदाताको कर कट्टी गर्नु पर्ने रकम बाँकी भए रोक्का राख्न र निजको दर्ता समेत निलम्बन गर्न सकिने व्यवस्था छ । सो व्यवस्था अनुसार विभागले सूचना जारी भएको १५ दिनभित्र विवरण बुझाउन अल्टिमेटम दिएको छ ।
करदाताहरुले आफ्नो व्यवसाय दर्ता रहेको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क राखी सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र कर विवरण पेश गरी आफ्नो कारोबार नियमित गर्न विभागले आग्रह गरेको छ । अन्यथा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा (८) बमोजिम उल्लिखित करदाताहरुको दर्ता निलम्बन गरी मूल्य अभिवृद्धि कर कट्टि रोक्का राख्ने विभागले चेतावनी दिएको छ।
यी हुन् कर विवरण नबुझाउने १ लाख बढि करदाता
प्रतिक्रिया दिनुहोस्