Skip to content
Shikhar Insurance
National Life

मे महिनासम्म मङ्गोलियाकाे पशुधन १ करोड ८६ लाखले बढ्यो

Hyundai
NCELL
NIMB

एजेन्सी । मे महिनाको अन्त्यसम्म मङ्गोलियामा पशुधन १ करोड ८६ लाखले बढेकाे छ । मे महिनाको अन्त्यसम्ममा २०२५ को शुरुमा गणना गरिएको २४.२ मिलियन प्रजनन पशुधनमध्ये मङ्गोलियाभर कुल १८.९ मिलियन अर्थात ७८.३ प्रतिशत उर्वर पशुधनले बच्चा जन्माएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

यस अवधिमा मङ्गोलियाभर नवजात पशुधनको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ करोड ८६ लाखले बढेको देशको मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ । पशुपालन क्षेत्र मङ्गोलियाली अर्थतन्त्रको मुख्य स्तम्भहरू मध्ये एक हो । देशको घुमन्ते जनसंख्याको लगभग ४० प्रतिशत यसमा निर्भर गर्दछ ।

यद्यपि कठोर र लामो जाडोको कारण्म मङ्गोलियाका अधिकांश घुमन्ते गोठालाहरूले प्रत्येक वर्ष पशुधन गुमाउँछन् । जसले गर्दा उनीहरूको जीविकोपार्जनमा कमी आउँछ । राष्ट्रिय तथ्याङ्क कार्यालयकाअनुसार २०२४ को अन्त्यमा मङ्गोलियामा ५ करोड ७६ लाख पशुधन थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्