Skip to content
Shikhar Insurance
National Life

बैंकमा पैसा थुप्रियो, आइतबार २० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) बजारबाट २० अर्ब रुपैयाँ उठाउने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले चैत १० गते २० अर्ब रुपैयाँ उठाउने भएको हो ।

२१ दिन अवधीका लागि राष्ट्र बैंकले उठाउन लागेको २० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले चैत ३१ गते फिर्ता पाउनेछन् । क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा नि: शेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ ।

त्यसरी निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । साथै, बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमश: बाँडफाँड गरिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्