Skip to content
Shikhar Insurance
National Life

बैंकमा पैसा थुप्रियो, आइतबार २५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

Hyundai
NCELL
NIMB

काठमाडौंं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) बजारबाट २५ अर्ब रुपैयाँ उठाउने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले चैत १७ गते २५ अर्ब रुपैयाँ उठाउने भएको हो ।

२१ दिन अवधीका लागि राष्ट्र बैंकले उठाउन लागेको २५ अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले बैशाख ७ गते फिर्ता पाउनेछन् । क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा नि: शेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ ।

सरी निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । साथै, बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमशस् बाँडफाँड गरिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्