Skip to content
Shikhar Insurance
National Life

सोमबारको मन्त्रिपरिषद बैठकले पनि नियुक्त गर्न सकेन गभर्नर, अहिले सम्म के-के भयो चलखेल ?

Hyundai
NCELL
NIMB

काठमाडौं । गभर्नर नियुक्तिको विषय अझै लम्बिएको छ । काँग्रेस एमाले मिलेर बनेको शक्तिशाली सरकारले पनि हालसम्म राष्ट्र बैंकमा गर्भनर नियुकति गर्न सकेको छैन ।

गभर्नर नियुक्तिको विषयलाई लिएर काँग्रेस एमालेबिच ठूलो रस्साकस्सी चलेको छ । काँग्रेस एमालेका केहि नेताहरुले काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबिच गर्भनर नियुक्तिमा सहमति जुटेको दाबी गरेपनि सोमबार बसेको मन्त्रिपरिषद बैठकले समेत गभर्नर नियुक्ति गर्न सकेन । सोमबारको मन्त्रिपरिषद बैठकमा गभर्नर नियुक्तिको विषयले प्रवेश नै नपाएको एक मन्त्रीले बताए ।

गर्भनर नियुक्तिमा स्वार्थ समुह हाबी हुदाँ राष्ट्र बैंक ऐनकै पालना गर्न सरकार चुकेको छ । राष्ट्र बैंक ऐनले गर्भनरको पदावधि सकिनु १ महिना अगावै नयाँ गर्भनर नियुक्ति गरिसक्नु पर्ने स्पष्ट व्यवस्था गरेको छ । तर सरकारले भने राष्ट्र बैंकको छवि नै बिगार्नेगरी विवाद गरेर बसेको छ। नेपाली काँग्रेसका सभापति देउवा बैशाख २ गते थाइल्याण्ड प्रस्थान गरेका छन् । उनी एक सातापछि मात्रै स्वदेश फर्किने कार्यक्रम छ । स्रोतका अनुसार केहि बिचौलियाहरु समेत थगाइल्याण्ड पुगेको दाबी गरिएको छ । यो खबरले सत्ता नै तलमाथि हुन सक्ने भन्दै एमाले नेताहरु संशङकित भएका छन् ।

 अहिलेसम्म के-के भयो ?

-राष्ट्र बैंक ऐनमा गभर्नरको पदावधि सकिनु १ महिना अगावै गभर्नर नियुक्ति गर्नुपर्ने व्यवस्था

-२०८१ फागुन २१ गते गभर्नर नियुक्त गर्न सिफारिस समिति गठन गर्ने विषयमा मन्त्रिपरिषद छलफल

-२०८१ फागुन २७ गते अर्थमन्त्रालय सम्वद्ध पदाधिकारीहरुको नियुक्ती सम्बन्धी मापदण्ड २०७३ संशोधन, ६५ वर्ष उमेर नाघेका व्यक्ति पनि गभर्नर नियुक्ति हुन पाउने नयाँ व्यवस्था

-गभर्नर सिफारिस समितिमा काँग्रेसले पनि सदस्य पाउनु पर्नेमा जोड

-२०८१ चैत ११ मन्त्रिपरिषदबाट गभर्नर सिफारिस समिति गठन अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा पुर्व गभर्नर विजयनाथ भट्टराई र अर्थविद विश्व पौडेल सदस्य

-२०८१ चैत १८ गते बालुवाटार पुगेर काँग्रेस सभापति देउवाले गर्भनरमा राजेन्द्र किशोर क्षेत्रीलाई नियुक्त गर्न दबाब

-२०८१ चैत २४ गते राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङगानालाई कामु गभर्नरको जिम्मेवारी

-२०८१ चैत ३१ मा अधिवक्ताद्धय प्रतिभा उप्रेती र विशाल थापाले ६५ वर्ष उमेर नाघेका व्यक्तिलाई गभर्नर बनाउन नपाइने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता ।

-२०८२ बैशाख २ गते न्यायधिस नित्यानन्द पाण्डेयको एकल इजलासले तत्काल ६५ वर्ष उमेर पुरा भएको व्यक्तिलाई गभर्नर नियुक्ति नगर्न सरकारको नाममा अल्पकालिन अन्तरिम आदेश जारी।

२०८२ बैशाख २ गते ओलीलाई भेटेर बिचौलियाको मान्छे गभर्नर नबनाए सरकार बसमा छैन भन्दै अन्तिम चेतावनी

२०८२ बैशाख ३ गते संचार मन्त्री पृथ्वी सुब्बा गुरुङले गर्भनर विषयमा ओली-देउवाबिच सहमति भएको दाबी

-२०८२ बैशाख ५ गते गभर्नर नियुक्तिमा समहति जुटेको र सिफरिसमा पर्न राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टद्धरा राजिनामा

-२०८२ बैशाख ५ गते कार्यकारी निर्देशक भट्टको राजिनामा अस्वीकृत

-२०८२ बैशाख ७ गते नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा परिवार सहित थाइल्याण्ड प्रस्थान

-कार्यकारी निर्देशक भट्टको गभर्नर बन्न योग्यता नपुग्ने भन्दै अधिवक्ताद्धय प्रतिभा उप्रेती र विशाल थापाद्धरा सर्वोच्च अदालतमा पुरक निवेदन दर्ता

– २०८२ बैशाख ८ गते कार्यकारी निर्देशक भट्टको गभर्नर बन्न योग्यता नपुग्ने भन्दै अधिवक्ताद्धय प्रतिभा उप्रेती र विशाल थापाद्धरा सर्वोच्च अदालतमा पुरक निवेदन हेर्न नभ्याइनेमा

-२०८२ बैशाख ८ मन्त्रिपरिषदको बैठकमा गभर्नर विषयले प्रवेश नै पाएन ।

-गभर्नर सिफारिस समिति सदस्य विजयनाथ भट्टराईको राजिनामा

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्