Skip to content
Shikhar Insurance
National Life

‘राजतन्त्रवादीले आन्दोलनको नाममा हिंसा र लुटपाट मच्याए’-अर्थमन्त्री पौडेल

Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले राजतन्त्रले शिर उठाउनु मसानघाटबाट मुर्दालाई ब्युँताउने कोशिस गर्नुभएको टिप्पणी गरेका छन् ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालमा फेरि राजतन्त्र कहिल्यै शासनसत्तामा आउन नसक्ने बताएका हुन् । राजतन्त्रले आफ्नो औचित्यमाथि प्रश्न खडा गरेका कारण नेपाली समाजबाट सदाका लागि विदा भएर गएको उनको भनाइ छ । उनले राजतन्त्रको विद्रुप अनुहार गत शुक्रवार सडकमा देखिएको टिप्पणी गरे ।

उक्त आन्दोलनले राजावादीहरु हिंसा, आतंक, लुटपाट र नागरिकको मौलिक हकको विरुद्धमा रहेको देखिएको बताए । उनले गणतन्त्रवादी दलहरुलाई जनताको बलमा स्थापितसंघीय लोकतान्त्रिक गणतन्त्र लाई बलियो बनाएर अघि बढ्ने अभिभारा रहेको बताए ।

उनले भने, “समाप्त भएको राजतन्त्र जसरी आज शिर उठाउने कोशिस गर्दैछ यो वास्तवमा शमसानघाटबाट मुर्दालाई ब्युताउँने कोशिस जस्तै हो । नेपालमा राजतन्त्र कहिल्लै पनि फर्कन सक्दैन । नेपालमा राजतन्त्र कहिल्लै पनि शासनसत्तामा आउन सक्दैन । यो कुरामा हामीले कुनैपनि दुविधा राख्नु हुँदैन । जहाँसम्म राजतन्त्र वादीहरुको कुरा छ । राजतन्त्रका हिमायतीहरुको कुरा छ । उनीहरुको वास्तविक चरित्र के हो २ दिन अघिको घटनामा प्रकट भएको छ । राजतन्त्रको विद्रुप अनुहार सडकमा देखिएको छ । राजतन्त्रवादीहरु हिंसाका पक्षमा छन्, आतंकको पक्षमा छन्, राजतन्त्रवादीहरु लुटपाटको पक्षमा छन् र राजतन्त्रवादीहरु नागरिकको मौलिक हकको विरुद्धमा छन् भन्ने देखिएको छ । त्यसकारणले नेपाली जनता लुटतन्त्रको पक्षमा, हिंसाको पक्षमा, अधिनायकवादको पक्षमा कहिले पनि हुन सक्दैनन् भन्ने छर्लङ्ग छ । अहिले राजनीतिक दलहरुलाई जनताको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर लग्ने अभिभारा छ ।”

दलहरुले जनताका आवश्यकता र आकंक्षाहरुलाई ठिक ढंगले सम्बोधन गर्दै सबै प्रकारका विभेद र असमानताहरुलाई समाप्त पार्नेगरी अगाडि बढ्न जरुरी रहेको उनले बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्