Skip to content
Shikhar Insurance
National Life

सात महिनामा १९ अर्बको मोवाइल फोन नेपाल भित्रियो, ३ अर्ब बढी राजस्व संकलन

Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा १८ अर्ब ९८ करोड १३ लाख ५५ हजार रुपैयाँको विभिन्न ब्राण्डको मोवाइल फोन नेपाल भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार माघ महिनासम्म १२ लाख २९ हजार ९ सय ५७ वटा मोबाइल फोन नेपाल आयात भएको हाे ।

सो परिमाणमा मोवाइल फोन भित्रिदा सरकारले ३ अर्ब ५३ करोड ९७ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत आव २०८०/८१ को ७ महिनामा ११ लाख २६ हजार ७४७ वटा स्मार्ट फोन नेपाल आयात भएको थियो, जसका लागि मोवाइल प्रयोगकर्ताहरुले १७ अर्ब ३८ करोड ३६ लाख ९१ हजार रुपैयाँ बाहिरी मुलुकमा खर्च गरेको थिए ।

सो मार्फत सरकारले ३ अर्ब २३ करोड ५७ लाख ३३ हजार रुपैयाँ राजस्व उठाएको थियो । गत आवको सोही अवधिको तुलनामा चालु आवको सोही तुलनामा मोवाइल फोन आयात बढेको तथ्यांकले देखाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्