काठमाडौं । अर्थ मन्त्रालयले अमेरिकी अनुदानका कार्यक्रमहरुको दायित्व सृजना नगर्न सर्कुलर जारी गरेको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै अनुदानहरु रोकेपछि नेपाल समेत प्रभावित बनेको हो ।
युएसआइडी र नेपा सरकारबिच ०५ मे २०२२ मा हस्ताक्षर भएर चार वटा योजनाहरु संचालनमा छन् । डेभलपमेन्ट अब्जेक्टिभ अग्रिमेन्ट (डीओएजी) मार्फत अन बजेट अन ट्रेजरी मार्फत चार कार्यक्रम सुरु भैरहेका छन् ।
जसमा युएसएआइडी हेल्थ डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट, युएसएआइडी अग्रिकल्चरल डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट, युएसएआइडी एजुकेशन डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट र युएसएआइडी इन्कुल्सिभ पोलिसी डाइरेक्ट फाइनान्सिङ प्रोजेक्टहरु छन् ।
यी प्रोजेक्टहरुमा अबको ९० दिनसम्म कुनैपनि दायित्व सिर्जना नगर्न अर्थमन्त्रालयले भनेको हो । अमेरिकी सहयोग कार्यक्रम मेलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) भने तत्कालका लागि केहि नहुने बताइएको छ । मन्त्रालय स्रोतका अनुसार एमसिसि काम रोक्नेगरी कुनै पनि संकेत आएको छैन । रोकिएका यी चार कार्यक्रम पनि पुन: सुरु हुने अर्थ मन्त्रालयले विस्वास व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्