Shikhar Insurance
National Life

बिचौलियाहरुले दुई तिहाईको सरकार कब्जा गरे: प्रचण्ड

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २७, मंगलवार १४:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाईको शक्तिशाली सरकारलाई विचौलियाहरुले कब्जा गरेको आरोप लगाएका छन् ।

मंगलबार संसदमा बिशेष समय लिएर बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले दुई तिहाईको बलियो सरकारको ड्राइभिङ सिटमा बिचौलियाहरु बसिरहेको आरोप लगाएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले आफु नेतृत्वका सरकारलाई बिचौलियाहरुकै सेटिङमा ढालिएको बताउँदै अहिलेको सरकार प्रधानमन्त्री र मन्त्रीहरुले नभएर बिचौलियाहरुले चलाईरहेको प्रचण्डले बताए । उनले पछिल्ला ८ महिनामा सरकारले गरेका सरुवा, बढुवा र नियुक्तीहरुमा प्रधानमन्त्री निरिह बनेको र बिचौलियाहरुले चाहे अनुसार काम भैरहेको उनको आरोप छ ।

प्रचण्डले संसदमा भनेका छन्–

‘अहिले सरकारमा बसेका साथिहरुले बडो घमण्ड गरेको देख्छु, सरकारले यो गर्यो, त्यो गर्यो भनेर । मैले त्यति बेला भनेको थिए, अहिले पनि जोड दिएर भन्छु, सरकारको दुई तिहाईको घोडा मन्त्री र प्रधानमन्त्रीले चलाएको मैले देखेको छैन्, त्यो घोडा बिचौलियाहरुले चलाएका छन् । तपाईहरुले गर्ने नियुक्ती, तपाईहरुले गर्ने सेटिङ, तपाईहरुले गरेको देख्दिन । त्यो बिचौलियाहरुले गरेका छन् । बिचौलियाहरुले गरेको निर्णय अनुसार हुने गरेको देखेको छु । म चुनौतीका साथ भन्न चाहान्छु, पछिल्ला आठ महिनामा एउटै नियुक्ती र एउटै नीति मलाई भनिदिनुस्, जसका पछाडी बिचौलिया छैन् । जम्मा एउटा उदाहरण दिए पनि हुन्छ । तपाईहरुका बैठक, समिति र संयन्त्रहरु नाटक जस्ता मात्रै देखिन्छन् । सत्ताको ड्राइभिङ सिटमै आज बिचौलिया छ । मेरो नेतृत्वको सरकार किन हट्यो भन्ने व्याख्या मैले पहिले नै गरिसकेको छु । सत्ताको ड्राइभिङ सिटमै बिचौलिया छन् । बिचौलियाको आँट र भरोसाले नै आज इमान्दार व्यवसायीलाई बिचलित बनाएको छ । भोली तपाईहरु नै बिचलित हुनु हुनेछ ।

प्रचण्डले सरकार गठन नै बिचौलियाहरुले गठन गरेको दावी दोहोर्याउँदै अघि भनेका छन्‘तपाईहरुसँग दुई तिहाई छ, जसलाई नियुक्ती गरे पनि भयो । तीन नम्बरलाई एक नम्बर बनाए पनि भयो, एक नम्बरलाई चार नम्बर बनाएर फालिदिए पनि भयो । किन की तपाईहरुसँग दुई तिहाई छ । तर यो दुई तिहाई नै देशका लागि घातक हुने त होइन भन्ने प्रश्न जनताको मनमा उब्जिएको छ । संख्याको अहंकार नै तपाईहरुका लागि घातक हुने देखिईरहेको छु ।’

GBIME

प्रतिक्रिया दिनुहोस्