Skip to content
Shikhar Insurance
National Life

सेबोनलाई इम्पानले भन्यो-‘बिचौलियाले पैसा मागेकै हुन्, प्रमाण बोर्डलाई बुझाउने होइन’

Hyundai
NCELL
NIMB

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले  धितोपत्र बोर्डलाई जवाफ लेखेको छ । आइपिओ स्वीकृतका लागि बिचौलियाहरुले घुस मागेको भन्दै इप्पानले पत्राचार गरे हो ।

धितोपत्र बोर्ड लाई जवाफ लेखेको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए । उनले भने, “हामीले पत्रमा २२ महिनादेखी हाइड्रोपावरको आइपीओ स्वीकृति रोकिएको विषय उल्लेख गरेका छौं,मिल्दैन भने यो कारणले मिल्दैन भन्नु पर्यो होइन भने लामो समयदेखी आइपी रोकेर राख्न नमिल्ने भनेका छौं ।”

उनका अनुसार इप्पानले बिचौलियहरुले कमिशन मागेको विषयमा इप्पानले नै पत्र लेख्न लागेको समयमा उल्टै सेबोनबाट पत्र आएको हो । पत्रको जवाफमा बोर्डलाई  इप्पानले कमिशन मागेको विषय सत्य भएको जवाफ दिएको छ । “कमिशन मागेको विषय सत्य छ, प्रमाण हामीले बोर्डलाई दिने होइन, सम्बन्धित निकायमा पुगेकै होला स्रोतले भन्यो आइपीओ स्वीकृत ढिला हुनुको कानुनी आधार के छ भनि सोधिएको छ ।”

धितोपत्र बोर्डका अध्यक्ष  सन्तोषनारायण श्रेष्ठ नियुक्तिको समयदेखि नै विवादित बन्दै आएका छन् । उनी अध्यक्ष नियुक्त भएपछि आइपीओ स्वीकृतका लागि अनिवार्य कमिशन आवश्यक भएको आरोप लाग्दै आएको छ । पछिल्लो समय अध्यक्ष श्रेष्ठले बिचौलिया खडा गरी साना हाइड्रोका लागि ७ प्रतिशत र ठूला हाइड्रोका लागि ५ प्रतिशत कमिशन मागेको भन्दै अख्तियार दुरुपयोग अनुसनधान आयोगमा प्रमाण पुगेको दाबी गरिएको छ ।

आयोगले बोर्डमा छापा मारी आइपीओ सम्बन्धि कागजातहरु लिएको गएको छ । अख्तियारले छापा मारेपछि बोर्ड अध्यक्ष श्रेष्ठमाथि राजिनामा दिन चर्को दबाब छ । तर उनी भने सरकारले जति सक्दो छिटो सरकारले नै बर्खास्त गरिदिओस् भन्ने चाहेका स्रोतको दाबी छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्