Skip to content
Shikhar Insurance
National Life

लघु जीवन बीमकको व्यापार साढे ८५ करोड, पहिलो स्थानमा गार्डियन माइक्रो लाइफ

Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघु जीवन बीमा कम्पनीले साढे ८५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका ३ वटा लघु जीवन बीमकले चैत मसान्तसम्म ८५ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । चैतसम्म सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा गार्डियन माइक्रो लाइफ पहिलो रहेको छ। कम्पनीले ३२ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, क्रेस्ट माइक्रो लाइफले ३२ करोड २० लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले २० करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्