Skip to content
Shikhar Insurance
National Life

लघु जीवन बीमकको व्यापार १ अर्ब बढी, पहिलो स्थानमा गार्डियन माइक्रो लाइफ

Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्ष ०८१।०८२ को जेठमसान्तसम्ममा लघु जीवन बीमा कम्पनीले साढे १ अर्ब रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका ३ वटा लघु जीवन बीमकले जेठ मसान्तसम्ममा १ अर्ब ९ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

जेठमसान्तसम्ममा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा गार्डियन माइक्रो लाइफ पहिलो रहेको छ । कम्पनीले ४१ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, क्रेस्ट माइक्रो लाइफले ३९ करोड ९४ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले २८ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE