Shikhar Insurance
National Life

महानगर यातायातले थप्यो ४० वटा बस, आजदेखि सञ्चालनमा

सिंहदरबार संवाददाता
२०८१ माघ १०, बिहीबार १२:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । २०७२ साल देखि चक्रपथमा सञ्चालन भइरहेको महानगर यातायातले ४० वटा नयाँ बस थपेको छ । बिहीबार पत्रकार सम्मेलन गरी सप्रदी ट्रेडिङ प्रालीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ चाबी हस्तान्तरण गरेका हुन् ।

नयाँ बस थपिएसँगै उपत्यकामा चल्ने महानगर यातायातको बसको संख्या ८९ वटा पुगेको छ । सप्रदी ट्रेडिङ प्रालीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठको हातबाट ती बसहरुको चावी लिंदै गर्दा हामीले थप जिम्मेवारीको महसुश भएको कम्पनीले जनाएको छ ।२०७२ सालमा काठमाडौंको चक्रपथमा गुड्ने गरि एकै पटक ३९ वटा ठूला सिटी बसहरु र बीचमा १० वटा बस थप गरेको थियो   ।  यहाँसम्मको यात्रामा सिप्रदी सप्रदी ट्रेडिङ प्रालीले हामीलाई गरेको सहयोग र समन्वय पनि हाम्रो सफलताको एउटा कारण हो भन्ने हामीले ठानेका छौं। आगामी दिनमा पनि त्यस्तै साथ र सहयोगको अपेक्षा सहित आजको यस विशेष अवसरमा म सिप्रदीको टिम र कार्यकारी प्रमुख राजनवावु श्रेष्ठलाई धन्यवाद दिन चाहन्छौं ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एउटा कठीन यात्रामा पनि संभावना देखेर महानगर यातायातमा आवद्ध हुने व्यवासयी मित्रहरुको आँटप्रति सम्मान व्यक्त गर्दै, यो यात्रालाई सहज र सफल बनाउन सुरुवाती दिनदेखि नै हामीसंग सहकार्य गर्ने बैंक इन्स्योरेन्स कम्पनी, ट्राफिक प्रहरी र काठमाडौं तथा ललितपुर महानगरपालिकाप्रति खुसी व्यक्त गरेको छ ।

कम्पनीले भन्यो ‘हामी यो घोषणा गरिरहँदा खुसी छौं कि नयाँ बसहरु संचालनमा आएसंगै महानगर यातायातले चक्रपथ बाहेकका अन्य गन्तब्य र रुटहरुमा पनि सेवा विस्तार गर्ने भएको छ। आजैदेखि महानगर यातायातले काठमाडौंको चन्द्रागिरी, गोदाम र थानकोटदेखि काभ्रेको बनेपा हुँदै धुलीखेलसम्मका रुटमा यात्रुहरुलाई सेवा प्रदान गर्न सुरु गर्नेछ ।’

महानगर यातायातको यात्रा यतिमै रोकिने छैन । विश्वव्यापी रुपमा आइरहेको विद्युतीय गाडीको लहर र नेपालको सन्दर्भमा त्यसको व्यवहारिक पक्षको बारेमा पनि हामीले अध्ययन गरिरहेका छौँ। हामी निकट भविश्यमै दश वटा विद्युतीय बसहरु संचालनमा ल्याउने र एक वर्ष भित्रै ५० वटा त्यस्ता विद्युतीय बसहरु संचालन गर्ने तयारीमा छौं । जुन बसहरु काठमाडौंको वातावरण मैत्री, यात्रु मैत्री र व्यवसायीका लागि पनि लाभदायी हुने विश्वास हामीले लिएका छौं ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्