Skip to content
Shikhar Insurance
National Life

खुला स्थानमा प्लाष्टिकजन्य फोहर नबाल्न महानगरको आग्रह

Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुला स्थानमा फोहर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ । प्लास्टिकजन्य फोहरबाट निस्कने धुँवा मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभावी फोहर नबाल्न महानगरले आग्रह गरेको हो ।

महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले प्रद्रषित वायुले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका रोगीलाई सबैभन्दा बढी हानि गर्ने बताइन् ।

महानगरबाट फोहर सङ्कलन गर्न आउने सवारी साधनमा सबै किसिमका फोहर विसर्जन गर्न उनले महानगरवासीलाई अनुरोध गरिन् । उद्योग कलकारखानालाई ‘प्रदूषण नियन्त्रण मापदण्ड,२०८१’ अनुसार गर्न पनि विभाग प्रमुख राईले आग्रह गरेकी छिन ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्