Skip to content
Shikhar Insurance
National Life

ग्रामीण विकास र समाज लघुवित्तको मर्जर प्रस्ताव पारित गर्ने डाक्याे असार २८ गते सभा

Hyundai
NCELL
NIMB

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीको असार ५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा असार २८ गते केन्द्रीय कार्यालय बुटवलमा बिहान १० बजेदेखि आव्हान गरेको हो ।

सभामा ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडबीचको मर्जर प्रस्ताव पारित गर्न गर्नछन् ।

सभाले ग्रामीण विकास र समाज लघुवित्त एकआपसमा १ बराबर १ कित्ता सेयर अनुपात कायम हुने गरी मर्ज हुने प्रस्ताव पारित गर्नेछ।

मर्जर सम्बन्धी अन्य आवश्यक सबै कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

त्यसैगरी कम्पनीको गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले असार १५ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार बुक क्लोजको असार १४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनी मात्रै भाग लिन सक्ने एक सूचनामार्फत कम्पनीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्