Skip to content
Shikhar Insurance
National Life

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैंकका गभर्नरबीच भेटवार्ता, मौद्रिक नीतिको अन्तरसम्बन्धबारे छलफल

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलबीच भेटवार्ता भएको छ ।

मंगलबार सिंहदरबारस्थित योजना आयोगमा भएको भेटमा उनीहरूबीच वित्त नीति र मौद्रिक नीतिको अन्तरसम्बन्ध र स्वतन्त्रताको बारेमा छलफल भएको छ । उनीहरुबीच उक्त दुई नीतिहरू सँगसँगै कार्यान्वयनमा लैजाने नीति कार्यान्वयनमा एक अर्कामा सहजीकरण गर्ने बारेमा समेत छलफल भएको छ ।

उनीहरूले अर्थतन्त्रलाई कोभिड १९ पूर्वको अवस्थामा लैजाने र योजनाले लक्षित गरे अनुरूपको उच्च दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।

छलफलका क्रममा आयोगका उपाध्यक्ष अधिकारीले वित्तीय हस्तान्तरण, आयोजनाको पुन: प्रथामिकिकरण, आयोजना बैंकको प्रभावकारी कार्यान्वयन तथा मध्यम कालिन खर्च संरचना लगायतका विषयमा राष्ट्रिय योजना आयोगबाट भए गरेका सुधारका कार्यको बारेमा जानकारी गराए ।

यसै गरी राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षण गर्दै लगानीको वातावरण सिर्जना गर्न राष्ट्र बैंकले त्यस सम्बन्धमा सहजीकरण गर्ने बताए । साथै, यस्ता विषयहरूमा समय–समयमा थप छलफल गर्ने बारेमा पनि उनीहरूबीच कुराकानी भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्