Skip to content
Shikhar Insurance
National Life

माओवादीले छेपारो झैँ रङ फेर्‍यो, हामी सदन चल्न दिँदैनौँ: राप्रपा

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले छानविन समिति नबन्दासम्म संसदमा अवरोध जारी राख्ने बताएका हुन् । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले गृहमन्त्री रमेश लेखकले संसदमा शुक्रबार सम्बोधनका क्रममा धम्कीपूर्ण रुपमा प्रश्तुत भएको बताए । उनले राप्रपाले मानव बेचबिखनको अनुसन्धान चाहेको बताउँदै अहिलेका गृहमन्त्री लगायत यसअघिका गृहमन्त्री पनि छानविनको दायरामा आउनुपर्ने बताए ।

उनले भने, ‘गृहमन्त्रीजी धम्कीपूर्ण भाषामा प्रश्तुत हुनुभयो । हामी मानव बेचविखनको अनुसन्धान चाहन्छौँ । यसको विरुद्धमा छानविन समिति बन्नुपर्छ । छानविन समिति नबन्दासम्म विरोधका कार्यक्रम जारी राख्छौँ । अहिलेका गृहमन्त्री लगायत यसअघिका गृहमन्त्री पनि छानविनको दायरामा आउनुपर्छ । गृहमन्त्रालय र सरकारले छानविन समिति नबनाएसम्म छानविन समितिको माग गर्दै विरोधका कार्यक्रम जारी राख्छौँ ।’

प्रमुख सचेतक शाहीले माओवादीले छेपारो झैँ रङ फेरेको आरोप लगाउँदै माओवादीसँग सहकार्य गरेर संसदका काम कारबाहीमा आफूहरु अघि नबढ्ने स्पष्ट पारे ।

GBIME

प्रतिक्रिया दिनुहोस्